fbpx

रिडिमा महायज्ञको १०औं दिन,उल्लेख्य संख्यामा भक्तजनको उपस्थिती।

चुडामणि तिमल्सिना, रिडि,आश्विन६। रिडिमा सन्चालन भइरहेको बृहत ज्ञान महायज्ञको आज १० औ दिनको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिती स्याङ्जाकि प्रमुख सीता सुन्दास रहनुभयको थियो। कार्यक्रममा कालीगण्डकी गाउँपालिका कि उपाध्यक्ष साबित्रा कोइराला तानसेन नगरपालिका १४ का वाड अध्यक्ष कमल राना, रुरु १ का वाड अध्यक्ष रामलाल बिक, रिब्दिकोट गाउँपालिका १ का वाड अध्यक्ष, बिष्णु प्रसाद गैरे, कालीगण्डकी करिडोरका प्रमुख रेस्मिराज भट्टराई लगायत पत्रकार, महिला समूह, समाजसेवि, दानवीर दाताहरुको उल्लेखनीय सहभागीता रहेको थियो। प्रमुख बाचक बाल योगेश्वोर महाराज रहनुभयको थियो ।

कार्यक्रमम बोल्दै प्रमुख अतिथी सुन्दास्ले रुरुक्षेत्रको प्रचारप्रसार गर्न गण्डकी प्रदेस बाट जुनसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमको अध्यक्षता कार्यक्रम निर्देशक पर्सुराम भट्टराईले गर्नुभएको थियो भने सन्चालन पत्रकार खेमराज रेग्मिले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्