fbpx

एकलाख रुपैया पुरस्कार राशिको क्रिकेट प्रतियोगिता रुरुको घ्युबेसीमा हुँदै।

दुर्गा घायल गुल्मी
मंसिर २१गते शनिवार बाट रुरुक्षेत्र गाउँपालिका ४ गुल्मीको ध्युबेशी खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बम्घा बलेटक्सार युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा यस क्षेत्रमै अहिले सम्मको ठुलो पुरस्कार रासी राखिएको प्रतियोगितामा प्रथम हुने टिमले १०११११ रुपया ट्रफि र प्रमाणपत्र जित्ने छ । भने दोस्रो हुने टिमले ५०,५५५ नगद ट्रफि र प्रमाणपत्र जित्ने छ ।
साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको ब्यबस्था गरिएको क्लबका अध्यक्ष यदु ज्ञवाली सन्तोषले बताउनु भएको छ ।

प्रतियोगिता सम्बन्धि थप जानकारी
१) खेल icc को प्रचलित नियम अनुसार खेलाइनेछ
२) खेलाडी संख्या अतिरिक्त सहित १५जना हुनुपर्नेछ।
३) खेल १५ओभरको खेलाइनेछ। फ़ाइनल खेल २० ओभर को हुनेछ ।
४) खेल अबधि भर कुनै पनि खेलाडिले मा-पा-से गर्न पाउने छैन्न।यदि सेवन गरेको पाइएमा टिम तथा खेलाडीलाई बहिष्कार गरिनेछ।
५) टिम दर्ता स्वरुप नगद रु ५००० लाग्नेछ।
६) खेलमा कुनै विवाद आएमा आयोजक तथा अम्पायरको निर्णयनै अन्तिम हुनेछ।

आयोजक : वि & वि युथ क्लव
स्थान :रुरुक्षेत्र गाउँपालिका ४ मैदान,घिउबेसी
मिति :२०७६/०८/२१
टिम दर्ताको लागि सम्पर्क नम्बर
खेल संयोजक : उत्तम क्षेत्री – ९८५७०८३२२२ पदम श्रेष्ठ – ९८५७०६३९०० किसन पाण्डे – ९८५७०६७३१४
पुनश्च टिम दर्ता मंसिर २१ गते (१२ बजे दिउँसो ) भित्र गर्नु पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्