fbpx

पुर्व राजा ज्ञानेन्द्र शाह रिडि आउने।

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम भ्रमणका क्रममा तिर्थाटनका लागि रिडि आउने भएका छन। केही दिनको निजी भ्रमणमा उनी पश्चिम क्षेत्रका जिल्ला जान लागेको उनका सहयोगी फणी पाठकले जानकारी दिए ।निजी भ्रमणको सिलसिलामा उनी मंसिर १५ गते  भैरहवा जाने उनले बताए । 

पूर्वराजा ज्ञानेन्द्र पश्चिम भ्रमणका क्रममा रिडि गुल्मी लगायत नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा जिल्लामा पुग्नेछन्। भ्रमणका क्रममा उनले त्यहाँका मठ मन्दिरको दर्शन गर्नेछन्। ज्ञानेन्द्रले भ्रमणका क्रममा रिडिको ऋशिकेश , सिद्धबाबा, पाल्पा भगवती, अर्घाखाँची सुपा देउरालीलगायत मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ। 

उनले भ्रमणका क्रममा मठ मन्दिरको दर्शनसँगै स्थानीय जनतासँग भलाकुसारीसमेत गर्ने कार्यक्रम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्