fbpx

झण्डै एक दशक पछि हुँदै छ रिडिमा दोश्रो रुरु महोत्सव

प्रथम रुरु महोत्सवको तस्बिर

रिडि, पौष८। झण्डै एक दशक पछि रिडिमा दोश्रो रुरु महोत्सव हुने भएको छ। यहि पौष २९ देखि माघको ९ गते सम्मका लागि तय गरिएको महोत्सवको आयोजना गुल्मी उद्योग वाणिज्य संघको रिडि शाखा तथा रुरु फ्रेन्डस क्लबले सांयुक्त रुपमा अयोजना गर्न लागेको हो। नेपाल भ्रमण बर्ष २०२० को सुरुवात संगै पर्यटन महा उत्सवको रौनक लाई रिडि सम्म पुर्याउन तथा यहाको पर्यटनको बृहद पक्ष लाई सर्वत्र फैलाउन का लागि रुरु महोत्सवको आयोजना गरिएको आयोजक द्वारा बताइएको छ।

• महोत्सवको माध्यम बाट रिडिमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको छ भने यश बाट संकलन हुने रकम बाट रिडि क्षेत्रको बृहतर बिकासका लागि खर्च गरिनुका साथै आउदा बर्षहरुमा गरिने महोत्सबका लागि कोष खडा गरिने योजना तय गरिएको छ।
महोत्सव नजिकदै गर्दा रिडिमा यसको तैयारी तिब्र पारिएको छ। यसको आर्थिक, भौतिक, प्राबिधिक तैयारीका लागि मुल अयोजक समितिका पदाधिकारिहरु परिचालित भएका छन भने विभिन्न बिधामा उप समितीहरु गठन गरि जिम्मेवारी समेत बाँडफाँड गरिएको छ। आर्थिक संकलन तथा प्रायोजकका लागि पदाधिकारिहरु देश दौरामा निस्किएका छन भने मिडियाहरु मार्फत महोत्सवको प्रचारप्रसार तिब्र पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्