fbpx

रुरु गाउँपालिकाको कार्यकक्षमा चोरी प्रयास, उपाध्यक्षको कक्ष बाट ढाइ लाखको चेक चोरी।



रिडि, पौष १५। रूरूक्षेत्र गाँउपालिकाको कार्यकक्ष सहित तीन संस्थाहरूमा ताेडफाेड गरि साढे सात लाख रुपैया चाेरी भएकाे छ ।

गएराति अज्ञात समुहले गाँउपालिकाकाे ताला ताेडि अध्यक्ष निलकण्ठ गाैतम र उपाध्यक्ष लक्ष्मीदेवि पन्थकाे कार्यकक्षकाे दराज फुटाएका छन् ।

गाँउपालिका उपाध्यक्षकाे कार्यकक्षमा अनुसन्धानकाे लागि राखेकाे दुई लाख ५० हजारकाे चेक चाेरले लगेकाे गाँउपालिकाका स्वास्थ्य संयाेजक छत्र अधिकारीले जानकारी दिए ।

तर गाँउपालिकाका कम्युटर, कागजपत्र लगायतका सामग्रीहरू भने सुरक्षित रहेका छन् ।

त्यसैगरी मैत्री सहकारीमा पनि ताेडफाेड भएकाे छ । कार्यालयमा रहेकाे पाँच लाख ९२ हजार चाेरी भएकाे छ ।बभने आइएम्ईमा पनि ताेडफाेड भएकाे छ । बाहिर कुनै रकम नभएकाेले रकम भने हराउन नपाएकाे प्रहरीले जनाएकाे छ ।

अहिले मुजुल्का उठाई घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ , केही दिन पहिले मालिका गाँउपालिका ७ घमिरमा पनि कार्यालय ताेडफाेड गरि ३० हजार चाेरी भएकाे थियाे ।

समाचार श्रोत: नागरिक समाज डटकम

तपाईको प्रतिक्रिया दिनुहोस्