रिडिमा आज बाट दोश्रो रुरु महोत्सव सुरु

रिडि, पौष२९। रिडिमा आज बाट दोस्रो रुरु महोत्सव २०७६ सुरु भएको छ । गुल्मी क्षेत्र न १ का सभासद तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आज एक समारोहका बिच महोत्सवको उद्घटन गर्नु भएको हो ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले रिडीको समग्र बिकासको लागि प्रदेश सरकार संगको समन्वयमा ५५ पच्पन्न करोड रकम बिनियोजन गरिएको, रिडी रुद्रबेणी सडकको कालोपत्रेको काम अगाडी बढाइने, ६ महिना भित्र ३ मुखे पुल सम्पन्न हुने यसका लागि ठेकदारलाई कडा निर्देशन दिईएको र अब नयाँ सडक भन्दा भएका सडको स्तरउन्नती आवस्यक रहेको बताउदै हिजोको तुलनामा देशले बिकास सुसासनमा प्रगती गरेको दाबी गर्नु भयो ।



उद्घाटन समारोहको अध्यक्षता उद्योग बाणिज्य संघ रिडीका अध्यक्ष सुार्णलाल कक्षपतीले गर्नु भएको थियो । समारोहमा महोत्सव तथा माघे संक्रान्ती मेला आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले स्वागत गर्नु भएको थियो । कार्यक्रम उद्योग बाणिज्य संघ रिडीका हुमनाथ ज्ञवालीले संचालन गर्नु भएको थियो ।



महोत्सब पुष २९ गते देखि माघ ९ गते सम्म चल्ने महोत्सबमा प्रत्यक दिन फरक फरक राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्