वर्षाका कारण रिडि खोलाको सतह बढ्दा मेलाका स्टलहरुमा क्षति, जनजीवन कस्टकर: तस्बिर रिपोर्ट



रिडि, माघ ३। २दिन देखिको अबिरल बर्षाका कारण रिडि खोलाको सतह बढदा मेलाका लागि बनाइएको केही स्टलहरुमा क्षति पुगेको छ भने मेला पनि प्रभावित भएको छ। गए राती देखि रिडि खोलाको सतह बढ्न थाले पछि जनपद तथा शस्त्र प्रहरि र स्थानिय वसिको सहयोगमा स्टल तथा त्यहाँका सामाग्री हरु हटाइएको छ।

खोला किनारमा बनाइएका कारण होटल राखिएका करिब २ दर्जन स्टलहरुमा पानी पस्न थाले पछि ती स्टलहरु हटाइएको हो। त्यसै गरि पाल्पा तर्फका स्टलहरु खोलाले बगाउदा तीन वटा स्टलहरुमा क्षति पुगेको छ । पानीको सतह स्टलहरु तिर बढ्न थाले पछि रातिनै वारपार गर्नका लागि बनाइएको फड्के पुल डोजरको सहयताले भत्काइएको छ।


अहिले रिडि बगरको जनजिवन निकै कस्टकर बनेको छ। ब्यब्सायी तथा तिर्थ यात्रीहरु टेण्ट्को सहायताले ओतिएर बसेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्