न्यू होराइजन बुटवल द्वारा रुरु प्राबी रिडिमा रु २लाख ५० हजार को अक्षय कोष स्थापना गरिने


रिडि, माघ२२। न्यू होराइजन अंग्रेजी आवासिय मा.बी. बुटवल द्वारा रुरु प्राथमिक बिद्यालय, रिडिमा न्यू होराइजन अंग्रेजी आवासिय मा बि छात्रवृत्ति अक्षय कोष स्थापना गरिने भएको छ। रुरु प्राथमिक बिद्यालयमा अध्यन गर्ने गरिब पारिवारिक पृष्ठभुमिका बालबालिकाहरु लाई निशुल्क रुपमा पढाउने तथा शैक्षिक सामागृ उपलब्ध गराउने उद्देश्यका साथ २ लाख ५० हजार रुपैयाको अक्षय कोष स्थापना गर्ने भएको हो। बिद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत न्यू होराइजनले उक्त सहयोग गर्न लागेको हो। यसै संबन्धमा आज न्यू होराइजन अंग्रेजी आवासिय मा.बी. बुटवल र रुरु प्राथमिक बिद्यालका बिच एक संझौता पत्रमा हस्ताक्षर भएको छ। न्यू होराइजनका तर्फ बाट ब्यबस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र कसजू तथा प्राचार्य लोकनाथ उपाध्याय र रुरु प्राबिका तर्फ बाट ब्यबस्थापन समितिका अध्यक्ष जीवन कसजू तथा प्रधानाध्यापक बल बहादुर थापाको संयुक्त हस्ताक्षरमा संझौता सम्पन्न भएको छ।

संझौता अनुशार उक्त अक्षय कोषको नाम न्यू होराइजन अंग्रेजी आवासिय मा बि छात्रवृत्ति अक्षय कोष रहने छ। कोष बाट प्राप्त वार्षिक ब्याज बाट अति गरिब पारिवारिक पृष्ठभुमिका बिद्यार्थीहरुको लागि खर्च गर्न पाउने छ भने मुल धन कुनै पनि शिर्षक र परिस्थितिमा बिद्यालयले खर्च गर्न पाउने छैन। कोषको रकम दुबै बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष वा प्रधानाध्यापकको संयुक्त हस्ताक्षरमा मात्र बैंक बाट निकाल्ने सहमती भएको छ।

यहि माघ २७ गते हुने न्यू होराइजन अंग्रेजी आवासिय मा.बी. बुटवलको ३० औ वार्षिकोत्सबको अबसरमा उक्त अक्षयकोषको रकम रुरु प्राबी लाइ हस्तान्तरण गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्