रिडिका तीन वटा बिद्यालयहरु मर्ज गरि नया स्वरुपको नमुना बिद्यालय गठन गरिने।

रिडि, चैत्र६। रिडिमा रहेका तीन वटा बिद्यालयहरु मर्ज गर्न सहमत भएका छ। रुरु प्राथमिक बिद्यालय, रिडि माध्यमिक बिद्यालय र संस्कृत तथा साधारण माध्यमिक बिद्यालय लाई बृहद मर्ज गरि जिल्लाकै नमुना बिद्यालयको रुपमा संचालन गर्नका लागि यस्तो सहमती भएको हो। रुरु गाँउपालिका वडा न १ को शिक्षा समिति द्वारा बिद्यालय मर्जको बिषयमा आव्हान गरिएको सर्वपक्षिय भेलाले यो निर्णय गरेको हो। भेला रुरु प्राथमिक बिद्यालय र रिडि माबी लाई मात्र मर्ज गर्ने बिषयमा केन्द्रित भए पनि उपस्थित अधिकांशले दुई वटा बिद्यालय मात्र मर्ज उपर्युक्त नहुने भन्दै तीन वटै बिद्यालय लाई मर्जका लागि दवाब दिए पछि हिजो बसेको शिक्षा समितिको भेलाले यस्तो निर्णय गरेको हो। समितिले यस प्रकृयाका लागि गाउँ पालिकामा सिफारिस गर्ने भएको छ। तत पश्चात् के कस्तो मोडालिटिमा बिद्यालय मर्ज गर्ने भन्ने बिषयमा कार्यदल गठन गरि अघि बढ्ने सहमत समेत भएको छ।
वडा कार्यलयमा भएको उक्त भेलामा वडाध्यक्ष रामलाल बिकको उपस्थितिमा शिक्षा समितिका पदाधिकारिहरु, संबंधित बिद्यालयका प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, बिभिन संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय बुद्धिजिबीहरु तथा सर्वसाधारणको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्