सुन चाँदीको भाउ ह्वात्त घट्यो

काठमाडौं ।

साताको पहिलो दिन आज सुनको मूल्य ह्वात्तै घटेको छ । केही दिनदेखि लगातार उकालोमा रहेको सुन आज आइतबार भने छ सय रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम दिन शुक्रबार भने सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ